पहिलो नम्वरमा ‘मिस्टर झोले’ को ट्रेलर

पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ को ट्रेलर युटुव ट्रेन्डिङ नम्वर वानमा परेको छ । रामबाबु गुरुङ निर्देशित यो डार्क कमेडी फिल्मको प्रोमो सार्वजनिक भएको दिनदेखि नेपाल युटुवको एक नम्वरमा बसिरहेको छ । दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ लयातक कलाकारहरुको अभिनय रहेको फिल्मको प्रोमोलाई एक दिनमै चार लाख बढीले हेरेका छन् । प्रोमो हेर्नुस् :

सिनेमा आर्ट र टेकेन्द्र खड्का प्रोडक्सनको संयुक्त निर्माण रहेको ‘मिस्टर झोले’ मा दयाहाङ, दिया, बुद्धि र बर्षासँगै विजय बराल, प्रविण खतिवडा, अरुणा कार्की, पुष्कर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा रौनक विक्रम कंडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने टेकेन खड्का निर्माता हुन् । कथा तथा स्क्रिप्ट निर्देशक गुरुङकै हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha