अमेरिकामा ‘ईकु’ र अर्पणको ‘फिर्के’ लाग्ने

फिल्म ’फिर्के’ अमेरिकामा लाग्ने भएको छ । फिल्म निर्माण कम्पनी एस.एम.एस. फिल्म्स प्रा.लि. र अमेरिकामा प्रदर्शनको लागि लक्षिन फाउण्डेशनका बीच सम्झौता भएको फिल्मका प्रस्तुतकर्ता तथा कलाकार सुलेमान शंकरले बताए । फाउण्डेशनका अध्यक्ष लक्षिन गरुङ्गको जानकारी अनुसार आगामी फेब्रुअरीबाट अमेरिकाका विभिन्न शहरमा ‘फिर्के’ प्रदर्शन हुनेछ । नेपालमा यो कमेडी फिल्म पौष २१ गते रिलीज हुँदैछ ।

नेपाल पदर्शन पश्चात अन्य केहि मुलुकहरुमा समेत ’फिर्के’ प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । फिल्म ‘ईकु’ को नामले चिनिने सुलेमान शंकरको प्रस्तुतीमा बनेको फिल्मलाई रवि डंगोलले निर्देशन गरेका छन् । उनी विगत २७ बर्षदेखि कला क्षेत्रमा छन् । गाउँदेखी शहर पसेको एक सिधा युवाको कथामा ‘फिर्के’ बनेको निर्देशक बताउँछन् । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्जवल भण्डारी, पुरन थापा लगायत कलाकारको अभिनय रहेको छ ।

ओमलाल गुरुङ र राजेश श्रेष्ठ निर्माता रहेको फिल्मको लेखन अभिमन्यू निरवीकोे छ भने अष्ट महर्जनको द्वन्द्व निर्देशन तथा राम कुमार केसीको छायांकन छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha