‘मिस्टर भर्जिन’मा गौरव र मरिष्का, यस्तो छ कथा

युवा पुस्ताको यौन मनोविज्ञानको कथालाई लिएर फिल्म ’मिस्टर भर्जिन’ बन्ने भएको छ । वर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा बन्ने चलचित्रलाई डेब्यू निर्देशक विशारद बस्नेतको निर्देशन गर्दैछन् । बुधवार एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

’मिस्टर भर्जिन’मा गौरब पहारी, बिजय बराल र कमलमणि नेपाल मुख्य तीन पात्रका रुपमा रहेका छन् । यी सँगै नायिका मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय रहनेछ । राजधानीको ठमेल पेरीफेरीको अवस्था चित्रण गर्ने फिल्मको यही महिनादेखि छायाँकन सुरु हुनेछ ।


महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी रहेन फिल्ममा सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

खिलेन्द्र तिमल्सिना, प्रजापती सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको संयुक्त लगानी रहेको छ फिल्ममा सह निर्माताका रुपमा सन्दिप उप्रेती र मनिष खत्री रहेका छन् । मिस्टर भर्जिन लाई बैशाखको अन्तिम साता प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha