कस्तो छ अनमोल र अदीतिको ‘कृ’ नयाँ पोस्टर ?

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को एक्सन पछि रोमान्टिक लुक्स रिलिज गरिएको छ । सार्वजनिक दोश्रो पोस्टरमा अनमोलको अंगालोमा नायिका अदिती बुढाथोकी छन् । ‘कृ’ को पोस्टर टौवा क्रियशनले डिजाइन गरेको हो । फिल्मको ट्रेलर यही शुक्रबार रिलिज हुँदैछ ।


सुवास ईन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कृ मा भुवन केसीको द सुपर काजोल फिल्मस् पनि प्रस्तुतकर्ताको रुपमा आवद्ध छ । रिभेञ्ज लभ स्टोरी फिल्ममा अनमोल र अदिती बुढाथोकीसँगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय छ ।

‘होस्टल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ पछि अनमोल अभिनित ‘कृ’ माघ २६ देखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनमा आउँदैछ । झण्डै दुई वर्षको अन्तरालमा दर्शकमाझ आउन लागेका अनमोलको कृ प्रतिक्षित छ । यो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha