पिडा लुकाएर मुस्कुराएकी रिमा (फोटो फिचर)

बैवाहिक सम्बन्ध बिच्छेद भएको केही दिन नबित्दै नायिका रिमा विश्वकर्मा सुटिङ सेटमा भेटिइन् । हितैषी नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोललपुर एक्सप्रेस’ मा रिमा अतिथि कलाकारको भूमिकामा छिन् ।

विशाल भण्डारीले निर्देशन गरि रहेको ‘कोहलपुर एक्सप्रेस’मा रिमाको भागमा एउटा गीत परेको छ । यही मंगलबार राती रिमा उत्तर बाहिनी मन्दिरमा मुस्कान सहित नृत्य गरिरहेकी थिइन् । मुहार जसरी के रिमाको मन पनि मुस्कुराएको थियो त ?

‘मन र मुहारको तालमेल नमिल्दा पनि काहिलकाही काम गर्नु पर्ने रैछ’, रिमाले भनिन्, ‘मुहार त मुस्कुराउँदै नै राम्रो देखिन्छ । मनमा त को नै पस्न सक्छ र ?’ उसो त रिमाको मन बुझाउने केकी पनि प्रयासरत छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha