रोमान्टिक ‘रोमियो’ : हेर्नुस् बोल्ड भिडियो

फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’ को ‘स्याण्डविच’ सङ्ग रिलिज गरिएको छ । गौरव डागोन्करको संगीत, अर्ल युआरएलको शब्द तथा स्वर रहेको गीतको भिडियोमा रोमियो अर्थात नायक विनय श्रेष्ठ विकिनी गर्लसँग मस्ती गरिरहेका छन् । बिहिबार आयोजना गरिएको प्रेसमिटमा पनि विनय दुई विकिनी गर्लसँग ईन्ट्री गरेका थिए । प्रताप सिंहको कोरियोग्राफी रहेको गीतको भिडियो यस्तो बनेको छ :

‘डायङ क्यान्डल’ निर्देशक नरेश कुमार केसी निर्देशित फिल्म रोमियो एण्ड मुनमा विनय रोमियो र नायिका सृष्टि श्रेष्ठ मुनाको भूमिकामा प्रस्तुत भएकी छन् । अर्को फिल्म छायाँकनका कारण सृष्टि बिहिबारको प्रेसमिटमा भने उपस्थित हुन सकिनन् ।

भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनको प्रस्तुती रहेको फिल्म ‘रोमियो एण्ड मुना’ मा विनय, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । फिल्मको पटकथा निर्देशक केसीकै हो भने संवादमा निर्देशकलाई निरज महर्जनले सघाएका छन् । विनयसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘रोमिया एण्ड मुना’ मा विनय र सृष्ट्रिसँगै नायिका सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । बिहिबार गीतसँगै फिल्मको पोस्टर पनि रिलिज गरियो । बैङकर अनिल शाह र फिल्मको टिमले रोमियो र मुनाको घुम्टो उघारेका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha