सुपरहिट ‘साइँली’ माथि फिल्म बन्ने

सुपरहिट गीत ‘साइँली’ को कथा माथि अब फिल्म बन्ने भएको छ । गीतको भिडियो बनाएको जिएच इन्टरटेनमेन्ट ब्यानरले नै फिल्म बनाउन लागेको हो । बिहीबार राजधानीमा औपचारिक कार्यक्रम गर्दै साइँली बनाउने घोषणा गरिएको हो । रामबाबु गुरुङले निर्देशन गर्ने फिल्ममा गौरव पहारी र मेनुका प्रधान मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।

फिल्म घोषणा कार्यक्रममा ‘साइँली’ गीतलाई युट्युबमा साढे २ करोड पटक हेरिएको सुखद अवसरमा जिएच इन्टरटेनमेन्टले केक काटेर खुसीयाली साटेको थियो । श्रम गर्न विदेश गएका श्रीमान र स्वदेश रहेकी श्रीमतीको पिडा भावलाई फिल्ममा पनि उतार्ने प्रयास गर्ने निर्देशक गुरुङले बताए । वरिष्ठ कलाकार टिका पहारीका छोरी गौरव पहाडीले ‘साइँली’ आफ्नो लागि टर्निङ प्वाइट हुने बताए । यता गायक राणाले कुनै सुपरहिट गीतमाथि फिल्म बनाउनु चुनौती हुने सुनाए ।


फिल्ममा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् । फिल्मको छायाँकन फागुनको पहिलो सातादेखि सुरु हुनेछ । लोकेशन पुर्वी क्षेत्र छानिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha