श्वेतालाई धन्यवाद दिदैं भुवनले भने, ‘कान्छी सफल होस्’

अभिनेता तथा निर्माता भुवन केसीले ‘कान्छी’ सारेकोमा नायिका तथा निर्मात्री श्वेता खड्कालाई धन्यवाद दिएका छन् । श्वेता आफुले माया गर्ने बैनी भएको भन्दै उनले कान्छी सफलताको शुभकामना समेत दिए । शुक्रबार आयोजना गरिएको ‘कृ’ को प्रोमो लञ्च कार्यक्रममा भुवनले भने, ‘हाम्रो प्रतिस्पर्धा नेपाली दिदी भाईसँग होइन, विदेश फिल्मसँग हो ।’ यो भिडियो हेर्नुस् :

माघ २६ गते ‘कृ’ र ‘कान्छी’ एकसाथ प्रदर्शनमा आउने भएपछि फिल्म वृत्तमा राम्रै चर्चा भएको थियो । तर, दुई फिल्म जुध्दा दुवैलाई फाईदा नपुग्ने निष्कर्श निकाल्दै श्वेताले कान्छीलाई फागुन ४ गते प्रदर्शन गर्ने निर्णय लिएकी हुन् । यता फेब्रुअरी ९ तारिखमा बलिउड फिल्म पद्यमावती आउने चर्चा चलिरहंदा निर्माता केसीले भने जो कोही फिल्म आएपनि सोही मितिमा ‘कृ’ लगाइने बताए । अनमोल केसी स्टारर ‘कृ’ को प्रोमोल यतिबेला नेपाली फिल्म वृत्तमा हलचल नै ल्याइदिएको छ । प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha