अनमोलको ‘कृ’ ट्रेलर रेकर्ड राख्दै बन्यो नम्वर वान

अनमोल केसी स्टारर फिल्म ‘कृ’ को ट्रेलर युट्युव नेपाल ट्रेन्डिङ नम्वर एकमा आएको छ । शुक्रबार साँझ अपलोड गरिएको यो बहुप्रतिक्षित फिल्मको ट्रेलर झण्डै ६ लाख पटक हेरिएको छ । प्रोमोमा २६ हजार त लाइक मात्रै छ भने डिस्लाइक दुई हजार मात्रै छ । पाँच हजार बढी प्रतिक्रिया आएका छन् । ‘कृ’ को ट्रेलर छोटो समयमा सर्बाधिक हेरिएको छ । ट्रेलर :

झण्डै दुई वर्ष पछि अनमोलको नयाँ फिल्म ‘कृ’ रिलिज हुन लागेकाले पनि उनी आकर्षणको केन्द्रमा परेका छन् । त्यसमाथि प्रोमोमा उनलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ, जसलाई उनका फ्यानले सप्राइजका रुपमा लिएका छन् । सँगै उनको क्युट लुक्स पनि ट्रेलरमा देख्न पाइन्छ । पाँचौ फिल्ममा अनमोल पहिलो पटक एक्सन भूमिकामा देखिएका हुन् । उनको अपोजिटमा नव नायिका अदीती बुढाथोकी प्रस्तुत भएकी छन् भने नकारात्मक भूमिकामा अनुपविक्रम शाही छन् । फिल्म माघ २६ देखि प्रदर्शनमा आउँदैछ ।

सुवास गिरी र भुवन केसीको संयुक्त लगानी रहेको ‘कृ’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha