राजेशले केपीलाई भने, ‘नेतृत्व तपाईंले लिनुस्’

अभिनेता राजेश हमालले वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा त्यसका नेतृत्वकर्ता नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन् । हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महा यात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका हुन् ।

शनिवार ओली निवास बालकोट पुगेर हमालले अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएको बताए । अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुन समेत उनले सुझाव दिए । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीले भने ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

ओलीले हमाल सामु हिरोहरुले फिल्ममा अभिनय मात्र नभएर देश बनाउनका लागि भूमिका निवार्ह गर्नुपर्ने सुझाव दिए । ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट साँच्चीकै सहयोगको अपेक्षा गरिएको छ’ ओलीले भने ।

शनिबारै केही कलाकारको समुहले लाजिम्पाट पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha