ईकुको परिचय बदल्ने ‘फिर्के’

पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘फिर्के’ यूनिट यतिबेला प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । आइतवार झापा पुगेका फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर ’ईकु’ले ‘फिर्के’ विशुद्ध हाँस्यप्रधान फिल्म रहेको बताए । उनले भने, ‘म यसअघि दुईपटक ’ईकु’को भूमिकामा दर्शकमाझ आएँ । मेरो परिचय नै ’ईकु’ भइसकेको छ । तर, अब ‘फिर्के’ बाट मेरो आफ्नो परिचय फेरिने विश्वास छ ।’

उनले अगाडि भने, ‘‘फिर्के’ हेर्नेले मनोरञ्जन मात्र होइन हाँसोले हल नै गुञ्जयमान हुन्छ । म यो दाबी गर्न सक्छु कि ‘फिर्के’ हेर्दा तपाईको पैसा खेर जाँदैन ।’ यो फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ’बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha