सृष्टि र सौगात भिड्दै

नायक सौगात मल्ल र मिस नेपाल समेत रहेकी नायिका सृष्टि श्रेष्ठ लभ अफयेरमा छन् । गएको केही वर्षदेखि सौगात र सृष्टि प्रेममा रमाई रहेका छन् । ओपन रिलेसनसिपमा रहेको यो प्रेम जोडीको अब भने आपसी प्रतिस्पर्धा हुने भएको छ । कसरी त ?

फिल्म ‘रोमियो एण्ड मुना’ र फिल्म’ पञ्चेबाजा’ एकै मितिमा प्रदर्शनमा हुने भएपछि सौगात र सृष्टिबिच प्रतिस्पर्धा हुने भएको हो । सृष्टिको ‘रोमियो एण्ड मुना र सौगातको पञ्चेबाजाले फागुन ११ गते प्रदर्शन मिति तय गरेका छन् । यी दुवै फिल्मले एक एक वटा गीत समेत सार्वजनिक गरेका छन् । प्रेम जोडीको प्रतिस्पर्धामा कसले बाजी मार्ला ? या समझदारीमा दुई मध्ये कुनै एक फिल्म पछि हटलान् ? सृष्टिसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha