मोबाइल छ ?, फिल्म खिच्नुस् पुरस्कार जित्नुस्

सर्वनाम थिएटरले दोश्रो ‘दृश्यांश’को घोषणा गर्दै ‘मोबाइल लघु सिनेमा प्रतियोगिता’ को लागि आव्ह्वान गरेको छ । मोबाइल फोनबाट खिचिएका तीन मिनेट लामो फिल्म प्रतियोगिता राष्ट्रव्यापी हुनेछ । यस प्रतियोगिताको निर्णयकको रूपमा निश्चल बस्नेत, अभिनाष विक्रम शाह र दीपक रौनीयार र सुशील पौडेल रहेका छन् ।


यस प्रतियोगितामा सहभागीले कुनै पनि विषयमा मोबाइलबाट तीन मिनेट लामो फिल्म तयार गर्न सक्नेछन् । सहभागी मध्येबाट उत्कृष्ट दशलाई पुरस्कृत समेत गरिनेछ । प्रतियोगितामा पहिलो पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार स्यामसुङ ट्याव ३ भी र तेस्रो पुरस्कार टचकन ट्याव रहेको छ । त्यस्तै अडियन्स च्वाइस अवार्डको रूपमा आइप्याड ९.७ इन्च प्रदान गरिनेछ । प्रतियोगीले माघ १७ गतेसम्म सहभागीता जनाउन पाउने छन् । सहभागीले आफ्नो सिनेमालाई

डी.भी.डीमा राखी सार्वनाम थिएटर, कालिकास्थान वा [email protected] मा पठाउन सक्नेछन् ।
आइतबार आयोजना गरिएको प्रेसमिटमा निर्णायक मध्येका एक निर्देशक निश्चल बस्नेतले फिल्मको क्वालीटि भन्दा कन्टेन्टलाई प्राथमिकता दिइने बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha