साउन ६ देखि ‘डा…खाते’ सार्वजनिक रुपमा आउने

सडक बालबालिकाको अवस्था र बाध्यतालाई लिएर निर्माण गरिएको फिल्म ‘डा…खाते’ साउन ६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । सोमबार प्रेसमिट गर्दै फिल्मको प्रदर्शन मिति तोक्दै प्रोमो पनि देखाइयो । निर्मात्री तथा कलाकार रोशनी केसीले सडक बालबालिकाप्रति सरकार र समाजको ध्यान पुग्ने गरी फिल्म बनाएको बताइन् ।


कास्टिङ डिरेक्टर डब्बु क्षेत्रीले चार जना सडक बालबालिकालाई अभिनयको प्रशिक्षाण दिएर फिल्म खेलाएको खुलाए । ‘उहाँहरुलाई फिल्म खेलाउन सजिलो थिएन’, कास्टिङ डिरेक्टर क्षेत्रीले भने, ‘तर उहाँहरुले सिकेपछि राम्रो काम गर्नु भयो ।’ रविराज आर्यालको निर्देशन रहेको फिल्म ‘डा…खाते’ मा प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत परियार, सम्राट सामकोटा, रोशनी केसी, विजय देउजा, जिमी ओस्टुमको मुख्य भूमिका रहेको छ भने नायिका शिल्पा पोखरेल अतिथि भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको केही देशहरुमा विशेष शो समेत भैसकेको छ । प्रोमो हेर्नुस् : 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha