कसले दुखायो सन्ध्या केसीको मुटु ?

पुष १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हेप्पी न्यू ईयर’ को ‘स्याड भर्सन’ को गी रिलिज गरिएको छ । ‘मुटु’ बोलको गीतको भिडियोमा नायिका सन्ध्या केसी, कुशल थापा र पुकार गौतमले एक अर्कालाई मिस गर्दैछन् । भिडियो यस्तो बनेको छ :

किरण माइकलको शब्द तथा संगीत रहेको गीतमा सनुप पौडेलको स्वर छ । देवकुमार श्रेष्ठ निर्देशित फिल्म ‘हेप्पी न्यू ईयर को सम्पूर्ण जसो छायाँकन अस्ट्रेलियामा गरिएको हो । फिल्मलाई रती थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha