‘२ रुपैयाँ’ को गीतलाई ४ करोड भ्युज

फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतको भिडियोको युट्युव भ्युज बढ्नेक्रम जारी छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई चार करोड भन्दा बढी पटक हेरिएको छ । यो सँगै कुटुमा कुटु सर्वाधिक युट्युव भ्युज पाउने नेपाली भिडियोमा पहिलो स्थानमा छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो हेर्नुस् :

सुपरहिट गीतको भिडियोमा निर्देशक निश्चल बस्नेत, नायिका स्वस्तिमा खड्का, नायक आशिफ शाह, कलाकार बुद्धि तामांगको नृत्य छ । स्वरमा राजनराजलाई मेलिना राईले साथ दिएकी छन् । यसै वर्ष प्रदर्शनमा आएको ‘दुई रुपैयाँ’ले व्यापार पनि सुपरहिटको गरेको थियो । फिल्मलाई अशिम शाहले निर्देशन गरेका हुन् । निश्चल र आशिफसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha