लालबाबुसँग ‘राज्जा रानी’को विफी

सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका नेता लालबाबु पण्डितसँग नायिका केकी अधिकारी र नायक नाजिर हुसेनले विफी लिएका छन् । त्यो पनि कुनै पर्सनल भेटघाटमा होइन, पब्लिक प्रोग्राममा । कहाँ र कसरी खिचे त ‘राज्जा रानी’ले जन नेतासँग विफी ?


मंगलबार विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका विजयी लालबाबु पण्डित प्रमुख अतिथि थिए भने केकी र नाजिर आकर्षणको केन्द्रमा थिए । राज्जा रानी प्रचारको लागि कलाकार सहितको टिम यतिबेला राजधानी बाहिर छ । प्रचारको पहिलो कार्यक्रममा लालबाबु, केकी र नाजिर एक भएका हुन् ।

याम थापा निर्देशित फिल्म ‘राज्जा रानी’ मैथिली भाषामा पनि तराई भेगमा पौष २१ गतेदेखि लाग्दैछ । रमेश एमके पौडेल निर्मित फिल्मले प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । केकीको वर्थ डे सेलिव्रेसनको रमाईलो भिडियो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha