ऋचा शर्मा माथि एक नायिकाले लगाइन् यस्तो आरोप

फिल्म ‘फिर्के’ की नायिका क्रिष्टिना पौडेलले नायिका ऋचा शर्माबाट आफु शोषित भएको सामाजिक सञ्जालमा मार्फत खुलाएकी छन् । नायिका पौडेले आफ्नो फेसबुकमा स्टाटस लेखेकी छन्, ‘फिर्के मा ऋचा शर्मासँग काम गर्दा मैंले खराब अनुभव भयो । उनको खराब बानीले म शोषणमा परें ।’ क्रिस्टिनाको स्टाटस यस्तो छ :


केही फिल्महरुमा अभिनय गरेकी क्रिस्टिनाले नायिका शर्माको मानसिक अवस्था स्वस्थ नभएको समेत उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘उनको मानसिक अवस्था निको होस्, गेट वेल सुन !’ के साँच्चै ऋचा शर्माले नायिका पौडेल माथि शोषण नै गरेकी हुन् त ? उनले फेसबुक स्टाटसमा लेखे जस्तो ऋचा खराब नै हुन् त ? ऋचा यस बारेमा के भन्छिन् ?

‘त्यस्तो केही भएको छैन्, ‘यो सब पब्लिसीटि स्टन्ट हो’, ऋचा भन्छिन्, ‘त्यसैले यस बारेमा धेरै बोल्न आवश्य छैन ।’ कलाकार सुलेमान शंकर ईकुको निर्माण तथा अभिनय रहेको फिल्म फिर्के यही पुष २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । जसमा नायिका शर्माको पनि अभिनय छ । क्रिस्टिना भने अहिले प्रेमीसँग नर्वेमा छिन् । ऋचासँगको लफडा केही समय अगाडी फोटोसुट गर्दाको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha