अन्ततः ‘हिरो रिटन्र्स’ रिलिज मिति तय

अन्ततः फिल्म ’हिरो रिटन्र्स’ को अफिसियल रिलिज घोषणा भएको छ । आउँदो ०७५ को बैशाख २८ गतेदेखि फिल्म प्रदर्शनमा आउने निर्माता तथा नायक सविन श्रेष्ठले घोषणा गरेका छन् । एक्सन प्रधान फिल्ममा सविन, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

चन्द्र गौतम कार्यकारी निर्माता रहेको ‘हिरो रिटन्र्स’ लाई आशिष भेटुवालले निर्देशन गरेका हुन् । शिवम अधिकारीको कथा रहेको फिल्ममा मदन काश्यप घिमिरेको छायाँकन छ । दिपक शर्मा र टंक बुढाथोकीको संगीत समावेश फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन र मित्र गुरुङको सम्पादन रहनेछ ।

सविन फिल्मस् को ब्यानरमा बनेको फिल्म ’हिरो रिटर्न्स’मा भिम न्यौपाने, अमित श्रेष्ठ, ध्रुब न्यौपाने निर्मातामा छन् । फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha