के होला प्रियंका र आर्यनको ‘बटरफ्लाई’ ?

’के म तिम्रो होइन र’ डेव्यु नायक आयर्न अधिकारी झण्डै दुई वर्ष पछि दर्शकमाझ आउँदैछन् । सिक्सप्याक अभिनेता आर्यन अभिनित ‘बटरफ्लाई’ पुष २८ गतेदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । आयनले यो फिल्ममा चल्तीकी नायिका प्रियंका कार्कीसँग रोमान्स गरेका छन् । कस्तो होला त आर्यन र प्रियंकाको ‘बटरफ्लाई’ ?


फिल्मले गर्ने व्यापार र पाउने प्रतिक्रिया रिलिज पछि नै थाहा हुनेछ । तर अर्जुन पोखरेलद्वारा संगीतवद्ध ‘बटरफ्लाई’ को रोमामन्टिक गीतले भने दर्शक तथा श्रोताको मन जितिरहेको छ । म गाउँदिन अब गीत गजल को भिडियो पनि निकै आकर्षक बनेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई युट्युवमा हालसम्म साढे एघार लाख बढीले हेरेका छन् भने प्रतिक्रिया उत्कृष्ट मिलेको छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर सुमधुर छ । भिडियो हेर्नुस् :

ओमप्रतिक गुरुङ निर्देशत फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन् । रमेश प्रजापती कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माता हुन् ।  फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लिड रोलमा छन् । फिल्ममा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha