यही साल ‘कोहलपुर एक्सप्रेस’, साम्राज्ञीसँग केकी पनि

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ यही साल प्रदर्शनमा आउने भएको छ । बैशाख १४ गते बाट केकीको फिल्म चैत २३ मा सरेको हो । बलिउड फिल्म ‘२.०’ पनि बैशाख १४ मै आउने भएपछि केकी आफ्नो फिल्म सार्न बाध्य भएकी हुन् । अब केकीको ‘कोहलपुर एक्सप्रेस’ र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिमी सँग’ एकसाथ लाग्नेछन् ।

‘हामीले रिलिज डेट चैत २३ लाई लक गरेका छौ’ निर्देशक विशाल भण्डारीले भने, ‘सुटिङ सकिएको छ, अब प्रचारमा पनि जुट्छौं ।’ म्युजिक भिडियो निर्देशन भण्डारी ‘कोहलपुर एक्सप्रेस’ फिचर फिल्म निर्देशक भएका छन् । फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा , बुद्धि तामाङ, बिनोद न्यौपाने , बिनोद पौडेल, कुशग्र भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ भने रिमा विश्वकर्माले एउटा गीतमा नृत्य पस्केकी छन् । केकी र रिमासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शान बस्न्यातको लेखन रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ लाई अर्जुन तिवारीले खिचेका हुन् । यस्तै फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी र काली प्रसाद बाँस्कोटाको संगीत छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha