दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’ ट्रेलर रिलिज

दयाहाङ राई, प्रियंका कार्की, दिया पुन र संजय गुप्ता स्टारर फिल्म ‘ह्याप्पी डेज’ को ट्रेलर रिलिज गरिएको छ । मिलन चाम्स निर्देशित यो फिल्म लण्डन जान चाहने बहादुर गोर्खालीको कथा छ । सँगै फिल्मा माया प्रेमका कथा पनि फिल्ममा रहेको प्रोमोबाट बुझ्न सकिन्छ । लण्डनमा छायाँकन गरिएको फिल्म माघ १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रोमो हेर्नुस् :

ह्याप्पी डेज मा विपी खनाल, भवानी शर्मा, हिराल जोशी र निर्माता चाम्स निर्माताको रुपमा रहेका छन् भने संगीत तारा प्रकाश लिम्बु, राजनराज सिवाकोटीको रहेको छ । फिल्मको ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको लोक लयको गीत हिट छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha