बडीगार्डको बेइज्जत !

सामान्यतः बडीगार्ड के का लागि प्रयोग गरिएला ? सार्वजनिक ठाउँमा हुन सक्ने खतरा र सुरक्षाको लागि बडीगार्ड राख्ने गरिन्छ । तर पछिल्लो समय नेपाली फिल्मका नायक कहलिएका र भनिएकाहरु भने देखाउनकै लागि कार्यक्रममा बडीगार्ड राखेर पुग्न थालेका छन् ।

फिल्म ‘ड्रिम्स’ रिलिज हुँदा नायक अनमोल केसी बडीगार्ड सहित हल पुगेका थिए । दर्शकको भिडमा युवा स्टार पुग्दा बडीगार्ड लैजानु स्वभाविक मानिएपनि फिल्म ‘लिलिबिली’ को प्रेसमिटमा नायक प्रदीप खड्काले बडीगार्ड लैजाँदा चर्चा र आलोचना चर्को भएको थियो ।

प्रदीप पछि आफ्नै लगानीमा फिल्म हेप्पी न्यू ईयर बनाएको कलाकार कुशल थापाले आफ्नै शहर पोखराको कार्यक्रममा बडीगार्ड लिएर उपस्थित भएका छन् । गत शुक्रबार पोखरामा भएको स्ट्रिट कन्सर्टमा ६ जना बडीगार्ड सहित कुशल कार्यक्रममा पुग्दा माहोल हाँस्यास्पद देखिएको थियो । मिडियालाई उपलब्ध गराइएको तस्बिरमा कुशललाई बडीगार्डको कुनै खाँचो नभएको प्रष्ट देखिन्छ । उनले केवल मिडिया कभरेजका लागि मात्रै आफ्नो पछाडी ६ जना युवा राखेका हुन् । यस्ता फन्डाले मिडिया कभरेज होला, दर्शकको ध्यान पनि केही हदसम्म तानिएला । तर के नेपाली फिल्म र कलाकारलाई आम दर्शकले हेर्ने नजर सकारात्मक होला ?

बिना कारण बडीगार्ड पछि लगाउनु र प्रेसमिटमै विकिनी गर्ल प्रस्तुत गर्नु जस्ता पछिल्ला फिल्कर्मीको हरकतले फिल्म र कलाकारप्रति दर्शकको सोच नकारात्मक हुँदै गएको एक फिल्मकर्मी बताउँछन् । ‘यस्ता सस्ता हरकतले दर्शक भाँडिने पक्का छ’, ती फिल्मकर्मी भन्छन्, ‘यसैले हर्कत गर्न छोडेर फिल्म पो राम्रो बनाउनतिर लाग्ने पो हो कि !’

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha