‘पिंजडा ब्याक अगेन’मा बल्यो धप धप जवानी

माघ ४ गते प्रदर्शनमा आउने फिल्म ’पिंजडा ब्याक अगेन’ को लिरिकल आइटम गीत युट्युव रिलिज गरिएको छ । भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको छ । लिरिकल भिडियो हेर्नुस् :

‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत र शशी रावलको स्वर छ भने शब्द डा. कृष्णहरी बरालले लेखेका छन् । हिमाल केसी निर्दे्शित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले फिल्म खिचेका छन् ।

निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत लिड रोलमा रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेको फिल्ममा सह निर्मातामा रमेश सुवेदी र बाबुराजा सिह छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha