‘छल्की’ मा दिपाश्रीको यो कस्तो रुप ?

निर्देशक तथा अभिनेत्री दिपाश्री निरौला ‘सत्रुगते’ को छायाँकन लगत्तै अर्को फिल्मको छायाँकनमा व्यस्त भएकी छन् । थारु भाषाको ‘छल्कि’ नामक फिल्ममा दिपाश्री मुख्य भूमिका निभाइरहेकी छन् । केशव रायमाझीको लेखन तथा निर्देशन रहेको फिल्ममा थारु भाषाका कलाकार राजेन्द्र भगतको मुख्य भूमिका छ ।

फिल्ममा कलाकार जय चौधरी, प्रज्वल माझी, लेजिना सुवेदी, राज नारायण सेन लगायतको भुमिका रहने छ भने अतिथी कलाकारमा रुपमा नायिका नायिका रेखा थापा पनि रहनेछिन् । २५ लाख लागत रहेको फिल्ममा राजेन्द्र भगत कार्यकारी निर्माता र कन्नुलाल चौधरी मुख्य निर्माताको रुपमा रहेको छन् । यस्तै बद्री नारायण माझी, अमलेश महतो निर्माता र कार्यकारी निर्माताको रुपमा नरेश चौधरी, सह निर्मातामा प्रभु प्रमानन्द चौधरी, मनोज चौधरी, प्रशुराम चौधरी, सुनिता चौधरी रहेका छन ।


फिल्मको छाँयाकन दार्जिलिङ, सिक्किम, बर्जुताल, विराटनगर, जनकपुर लगायतको स्थानमा हुनेछ । नृत्य निर्देशन कमल राईको छ । थारु भाषामा छल्की शब्दको अर्थ नक्कली भन्ने हुन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha