‘मिस्टर झोले’ प्रचारमा किन छैनन् नायिका ?

पुष २८ देखि प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ ले प्रचार प्रसारलाई तिव्रता दिइरहेको छ । अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङ, निर्माताहरु टेकेन खड्का र रौनक विक्रम कंडेल लगायतले सोमबार अनलाइन मिडियासँग अन्र्तक्रिया गरे । उक्त अन्र्तक्रियामा फिल्मका मुख्य दुई नायिकाहरु बर्षा राउत र दिया पुन भने देखिएनन्  । आखिर कहाँ गए त फिल्म प्रचारको बेला बर्षा र दिया ?


‘दिया जी लण्डनबाट आउँदै हुनुहुन्छ, बर्षा भर्खरै अष्ट्रेलिया गइन्’, निर्माता टेकेन खड्काले भने । फिल्म रिलिज मिति नजिकिंदै जाँदा किन गइन् बर्षा अष्ट्रेलिया ? ‘पहिल्यै यता आउने भनेर पक्का भैसकेको थियो’, रमाईलो छ सँगको च्याटमा बर्षाले भनिन्, ‘अब सोशियल नेटवर्क बाटै फिल्मको प्रचार गर्छु ।’ उसो त आफु यता आउने कुरा निर्देशक रामबाबु गुरुङलाई जानकारी गराएको बताउँदै केही मिडियालाई अन्र्तवार्ता समेत दिएको बर्षाले खुलाइन् । फिल्मको प्रोमो हेर्नुस् :

यता निर्माता रौनक विक्रम कंडेल भने फिल्म रिलिजको बेला सबै कलाकार नभैदिएकोमा दुखेसो पोख्दै थिए । ‘खै पहिला त सबै हुन्छौं भन्थें अहिले को कहाँ को कहाँ ?’ निर्माता कंडेलले भने । यद्पी जो जहाँ भएपनि फिल्मको प्रचार गरेर दर्शकलाई हलसम्म तान्न युवा निर्माता कंडेलले आग्रह गरे । ओखती गीत हेर्नुस् :

सिनेमा आर्टस् र टेकेन खड्का प्रोडक्सनको संयुक्त प्रस्तुतीमा निर्माण भएको फिल्म ‘मिस्टर झोले’ सफल फिल्म ‘झोले’ को सिक्वेल हो । फिल्ममा दया, दिया र बर्षासँगै बुद्धि तामाङ, बिजय बराल, प्रविण खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ । बर्षाको जन्मदिनको रमाईलो भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha