‘कृ’ र ‘सत्रुगते’ को प्रतिक्षित गीत ‘न्यु ईयर’मा रिलिज

अंग्रेजी न्यु ईयरलाई लक्षि गर्दै दुई प्रतिक्षित फिल्मले गीत रिलिज गर्ने भएका छन् । किरण केसी तथा मह जोडी निर्मित ‘सत्रु गते’ ले शुक्रबार र अनमोल केसी स्टारर ‘कृ’ ले आइतबार फिल्मको गीति भिडियो सार्वजनिक गर्ने भएका हुन् । युवा स्टार ‘कृ’ र मल्टीस्टार ‘सत्रु गते’ को गीत कत्तिको प्रतिक्षित छन् त ?


छायाँकन सकेर प्रदर्शनको पर्खाइमा रहेका ‘कृ’ र ‘सत्रुगते’ को गीत आ-आफ्नै हिसाबले प्रतिक्षित छन् । ‘यति यति पानी’को रिमेक भर्सन ‘कृ’ को गीत विशेष गरी युवा पुस्ता माझ प्रतिक्षित छ भने ‘सत्रुगते’ को ‘रुपै मोहनी’ आम दर्शकलाई चासो छ । प्रतिक्षा र चासो यसकारण पनि छ कि अनमोलले पहलो पटक क्लब संगमा डान्स गरेका छन् । यता ‘सत्रुगते’को ‘रुपै मोहनी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा जस्ता अग्रज तथा युवा स्टारको नृत्य छ ।


‘कृ’ मा रेनशा वान्तवा राई र ‘सत्रुगते’मा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । हेरौं एकैदिन रिलिज हुने यी दुई फिल्मी गीतको भिडियो कस्तो बनेका छन् ? ‘कृ’ माघ २६ र ‘सत्रुगते’ चैत ९ मा प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha