ट्याङकरले ठक्कर दिंदा कलाकार विना थापाको निधन

दुर्घटनामा परी कलाकार विना थापाको निधन भएको छ । बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा कलाकार विना थापाको मृत्यु भएको हो । बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी विनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कलाकारिता गर्दै राजधानी बस्दै आएकी विना गुल्मीको मुसिकोट गाउँपालिका–२ की स्थायी हुन् । प्रदर्शनको क्रममा रहेको फिल्मे फिल्म पिंजडा ब्याक अगेनमा समेत अभिनय गरेकी छन् । उनी थिएटरकी कलाकार हुन् । विनाप्रति हार्दिक श्रद्धाञ्जली !

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha