वेब सिरिज ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ आउँदै

ह्याप्पी रेकर्डको प्रस्तुतिमा ‘तिम्रो ल्याङ्ग ल्याङ्ग’ नामक फरक कथा वस्तु बोकेको वेब सिरिज यहि आउँदो जनवरी १ २०१८ देखि ह्याप्पी रेकर्ड्स नेपाल नामक युट्युव च्यानलबाट प्रशारण हुन गइरहेको छ । उक्त वेब सिरिजको टाईटल ट्राक भर्खरै युट्युवमा सार्वजनिक गरिएको छ । हेर्नस् :

सिरिजको निर्देशन सुजन मानन्धरले गरेका हुन भने ब्याग राउण्ड स्कोर रिकेश मानन्धरले गरेका छन् । सुलब महर्जनको छायांकन रहेको सिरिजमा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सपना तामाङ, सिरन बज्रचार्य लगायतको मुख्य भुमिका हुनेछ । दुई जोडी बिच हुने रमाईलो प्रसङ्गहरुका साथ साथै युवा अवस्थाको प्रेम सम्बन्धमा निम्तिने हरेक प्रकारका समस्याहरुको पनि यसमा चित्रण गरिने जानकारी निमार्ण टिमले दिएको छ ।

यो वेब सिरिजबाट नयाँ प्रतिभालाई पनि प्राथमिकता दिने भएकाले नेपाली युवाहरुले मन पराउँनेमा निर्देशक मानन्धर ढुक्क जस्तै छन् । यो वेब सिरिज बजारमा आएका वेब सिरिज भन्दा फरक कथा वस्तु दर्शाउने छ । यो सँगै कमेडी, इन्टरटेमेन्ट र ड्रामा भरिएको उक्त सिरिज जम्मा १२ श्रृङखलासम्म प्रसारण हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha