हेर्नुस् आर्यन र प्रियंकाको ‘मायाका रंगहरु’

यही पौष २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘बटरफ्लाई’ को शिर्ष गीतको भिडियो रिलिज गरिएको छ । बटरफ्लाई अर्थात् ‘मायाका रंगहरु’ बोलको गीतमा विकास चौधरीको संगीत, सुरज लामिछानेको शब्द र युवराज चौंलागाईंको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो यस्तो बनेको छ :

फिल्मको सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई पात्र आर्यन अधिकारी र प्रियंका कार्की फिचरिंग छन् । गीत स्याड भर्सनको छ । ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मलाई पुष्पाञ्जली अधिकारी,रामशरण राना र भुपेन्द्र सुवेदी मिलेर निर्माण गरेका हुन् । फिल्ममा आर्यन र प्रियंकासँगै अभिनेता अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha