‘रोमियो’ ले लियो नयाँ रिलिज मिति

फिल्म ‘रोमियो’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि वैशाख २९ गते रिलिज हुने भनिएको फिल्मको कात्तिक १७ गते रिलिज हुने निर्माता तथा नायक हसनराज खानले बताएका छन् ।


वितरक एफडी कम्पनीसँगको कुराकानीपछि ‘रोमियो’ को नयाँ प्रदर्शन मिति तय गरिएको हसनको भनाई छ । ‘अब हामी यही डेटमा आउछौं । हट्दैनौं र सर्दैनौं पनि’ हसनले भने । शंकर कार्कीको निर्देशन रहेको फिल्म ‘रोमियो’ मा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मको ‘ल्याङ ल्याङ’ बोलको कभर भिडियोले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha