‘सत्रु गते’ को ‘रुपै मोहनी’ रिलिज (भिडियो)

मल्टीस्टार कास्ट फिल्म ‘सत्रु गते’को पहिलो गीत रिलिज भएको छ । टंक बुढाथोकीको संगीत रहेको रुपै मोहनी बोलको गीतको भिडियोमा हरिवंश आचार्य, दिपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल शर्मा लगायत कलाकारले ठुम्का लगाएका छन् । लोकराज अधिकारीको शब्द रहेको गीत्मा संगीतकार बुढाथोकी र मिना निरौलाको स्वर छ । कविराज गहतराजको कोरियोग्राफी रहेको रुपै मोहनी गीतको भिडियो यस्तो बनेको छ :

जात्रा निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको फिल्म सत्रु गते लाई कलाकार किरण केसी र मह जोडीले निर्माण गरेका हुन । चैत ९ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा शिवहरी पौडेल, बसुन्धरा भूषाल लगायत कलाकारहरुको पनि अभिनय छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha