प्रदीप र पूजाको ‘प्रेम गीत’ लाई एक करोड भ्युज

सुपरहिट फिल्म ‘प्रेम गीत’ लाई युट्युवमा एक करोड बढीले हेरेका छन् । सुदर्शन थापा निर्देशित यो म्युजिकल लभ स्टोरी फिल्मलाई गत २०१७ जुन १७ मा अपलोड गरिएको थियो । युट्युवमा ६ हजार बढी प्रतिक्रिया पाएको ‘प्रेम गीत’ लाई सार्वजनिक प्रदर्शनमा निकै रुचाइएको थियो । फिल्म हेर्नुस् :

फिल्म ‘प्रेम गीत’ बाट प्रदीप खड्का र पूजा शर्मा युवा स्टारको रुपमा उदाए भने निर्देशक सुदर्शन थापा आफ्नो लयमा फर्किए । निर्माता सन्तोष सेनलाई पनि ‘प्रेम गीत’ ले नै सफल निर्माताको रुपमा उभ्यायो । अर्जुन पोखरेलको संगीत रहेको यस फिल्मको शिर्ष सहित सबै गीतहरु सुपरहिट भए । राजेश श्रेष्ठले फिल्मलाई खिचेका हुन् ।

‘प्रेम गीत’ पछि सुदर्शन र पूजाले ‘म यस्तो गीत गाउँछु’ बनाए भने प्रदीपलाई लिएर सन्तोषले प्रेम गीत २ बनाए । जुन दुवै फिल्महरु व्यापारिक रुपमा सफल भए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha