भिनाजुको घरमा जन्मिएको ‘फिर्के’

यही शुक्रबार बाट प्रदर्शनमा आउने फिल्म ‘फिर्के’ ले गाउँबाट शहर पस्ने युवा पुस्ताको कथा बोल्ने फिल्मका कलाकार तथा निर्माता सुलेमान शंकर अर्थात् ईकुले बताएका छन् । उनले फिल्मको नाम पनि रोचक तरिकाले जुराएको खुलाए ।

उनले भने, ‘हामीले फिल्मको कथा तयार पारिसकेका थियौं । तर, नाम के राख्ने भनेर हामीले धेरै सोच्यौं । र, धेरै नाम पनि आए तर कथाअनुसार हामीले खोजेको नाम पाउँन सकेनौं’, उनी थप्छन्, ‘यस्तैमा म भिनाजुको घरमा जाने क्रममा बुद्धि सागरको ‘फिरफिरे’ भन्ने पुस्तक देखेँ । त्यसपछि फिरफिर’ राख्ने कुरा आयो । तर त्यो पनि उचित लागेन । यस्तैमा ‘फिर्के’ नाम मेरो दिमागमा जन्मियो ।’ उनका अनुसार ‘फिर्के’ भनेको गाउँबाट घुमाई घुमाई शहरमा लैजानु अर्थात् एउटा निचोडमा लैजानु हो । सुलेमानसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

‘फिर्के’ लाई रवि डंगोलले निर्देशन गरेका हुन् भने फिल्ममा उनी सहित अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्जवल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।यस्तै यो फिल्मले सेन्सरले युनिभर्स प्रमाण पत्र उपलब्ध गराएको छ । यो फिल्मलाई हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha