‘कान्छी’ नयाँ गीत : श्वेताको लागि दयाको जिउ दाउमा

श्वेता खड्काको निर्माण तथा अभिनय रहेको फिल्म ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ बोलको गीतको भिडियोमा धमेन्द्र सेवनको स्वर छ । भिडियो हेर्नुस् :

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा श्वेता सहित अभिनेता दयाहाङ राई, नायिका अनु शाह र कलाकारहरु कामेश्वर चौरसिया, आशान्त शर्मा, भूमिका श्रेष्ठको नृत्य छ । आकाश अधिकारीको निर्देशन रहेको ‘कान्छी’ आउँदो फागुन ४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।


‘कोहिनूर’ पछि फिल्म निर्माण तथा अभिनयमा फर्किएकी श्वेताको कान्छी प्रतिक्षामा छ । श्वेता फिल्मको प्रचार प्रसारमा तिव्र रुपमा लागि रहेकी छन् । ‘कान्छी’ को पहिलो गीत ‘चरी चट्ट परी’ गीत भैसकेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha