‘राज्जा रानी’सँग भिड्दै ‘फिर्के’

पौष २१ गते शुक्रबार दुई नेपाल फिल्महरु प्रदर्शनमा आएको छन् । अल नेपाल प्रदर्शनमा आएका ‘राज्जा रानी’ र ‘फिर्के’ भिन्न भिन्न विषयका फिल्म हुन् । फ्राइडे रिलिज फिल्म बारे छोटकरीमा चर्चा गरौं ।


राज्जा रानी
याम थापाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा नायिका केकी अधिकारी र नायक नाजिर हुसेन शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । तराईमा व्याप्त दाइजो प्रथा विरुद्धको विषयलाई उठान गरेको यो फिल्मलाई प्रिमियरमा रुचाइएको छ । रमेश एमके पौडेल निर्मित फिल्म मैथिली भाषामा पनि प्रदर्शन हुँदैछ । केकी र नाजिर सँगै ‘राज्जा रानी’ मा दिपक क्षेत्री, कामेश्वर चौरसिया, संगीता नापित र नायिका रेखा थापाको अतिथि भूमिका छ । केकी र नाजिरसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

फिर्के
रवि डंगोल उर्फ तीतो सत्यका ‘काँ बैमान’ को निर्देशनमा बनेको फिल्म ‘फिर्के’ मा दर्जन बढी हाँस्य कलाकारहरुको अभिनय रहेको छ । ईकु अर्थात सुलेमान शंकर निर्मित फिल्ममा उनी सहित अर्पण थापा, क्रिष्टिना पौडेल नायिका ऋचा शर्माको अतिथि भूमिका छ । गाउँबाट शहर पसेको बेरोजगार युवाको कथा प्रस्तुत गरिएको फिल्म हाँस्य रसको छ । सुलेमानसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha