‘फिर्के’ रिलिजपछि निर्देशक र निर्माताले यसो भने

हाँस्य कलाकारहरुको अभिनय रहेको फिल्म ’फिर्के’ यो शुक्रवार, पुष २१ गतेदेखि प्रदर्शनमा आयो । शुक्रबार र शनिबार फिल्मका निर्देशक रवि ढंगोल र निर्माता तथा कलाकार सुलेमान शंकर ‘ईकु’ दौडधुपमा देखिए । फिल्म रिलिज भएका हलहलमा पुगेर उनीहरुले दर्शकको प्रतिक्रिया लिए ।


दर्शकबाट पाएको प्रतिक्रियाबाट आफ्नो टिम उत्साहित भएको ’ईकु’ र निर्देशक डंगोल दाबी गर्छन् । ‘फिल्म हेर्न दर्शकको भिड बाक्लो नभएता पनि जतिले हेर्नुभएको छ उहाँहरुले अत्यन्तै राम्रो प्रतिक्रिया दिनुभएको छ’, निर्देशक डंगोलले भने ’आशा छ मौखिक प्रचारले पनि फिल्मले दर्शक तान्नेछ’ । कलाकार तथा निर्माता सुलेमानले आफुले ‘ईकु’को ह्यांगबाट बाहिर निस्केर फरक भूमिकामा अभिनय गर्दा समेत दर्शकले मन पराएको बताए । ’मैले यसपटक फरक भूमिका निभाएँ जसलाई दर्शकले राम्रो ठान्नुभएको छ, साथै ’फिर्के’ लाई उत्साहपूर्ण प्रतिक्रिया दिनुभएको छ’, उनले भने । सुलेमानसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

शुक्रवार हलमा ठेलमठेल दर्शक नदेखिएपनि शुक्रवार भन्दा शनिवार दर्शकको संख्या बढेको निर्देशकले उनले बताए । सुलेमानले पनि मौखिक प्रचारले फिल्म हेर्न दर्शकको संख्या बढ्ने बिश्वास व्यक्त गरे । ‘फिर्के’ मा सुलेमानको साथमा अर्पण थापा, क्रिष्टिना पौडेल, अर्जुन गुरुङ्, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।

यो फिल्मका अन्य निर्माताहरु ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । अभिमन्यू निरबीको लेखन रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’ मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha