‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर रिलिज

फागुन ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । संजय थापाको डिजाइन रहेको पोस्टर सरल र आकर्षक छ ।


नरेश कुमार केसी निर्देशित ‘रोमियो एण्ड मुना’ शहरमा बस्ने रोमियो र गाउँकी मुनाबिचको प्रेम र यात्राको फिल्म हो । जहाँ विनय र श्रृष्टिसँगै सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विनयसँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रशन्न गोपाली, रोजी श्रेष्ठ र राम शर्माको संयुक्त लगानी रहेको फिल्ममा दिपाङ्कर सिक्दरको छायाँकन रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको रोमियो एण्ड मुना टिम प्रचार प्रसारमा लागिरहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha