नेपाली फिल्ममा कहिले आउलान् दर्शक ?

केही महिना यता देखि नेपाली फिल्ममा दर्शकको अभाव देखिएको छ । पछिल्लो पटक प्रदर्शनमा आएका फाटेको जुत्ता र झ्यानाकुटी बाहेकको फिल्ममा दर्शकको संख्या गन्न सक्ने मात्रै छन् । यो बिचमा प्रदर्शनमा आएका फिल्महरु व्यापारिक रुपमा स्वतः सुपरफ्लप भए ।

गत शुक्रबार देखि प्रदर्शनमा आएका दुई फिल्महरु ‘राज्जा रानी’ र ‘फिर्के’ को पनि ईनिसियल व्यापार अत्यन्तै न्यून हुन गयो । केही महिनादेखि किन छैनन् त नेपाली फिल्ममा दर्शक ? एक फिल्मकर्मी भन्छन्, ‘यो फिल्म हेर्ने मौसम नै होइन  ।’ उनले जाडोयामलाई इंगिद गर्दै भने, ‘दर्शक आफै बिमारी छन्, अनि के आउँथे फिल्म हेर्न ?’ उसो भए सलमान खान र कैटरिना कैफको टाइगर जिन्दा है हेर्न चाहिं किन दर्शक ओइरिए त ?

‘हाइप भएका फिल्म खै आएका प्रदर्शनमा ?’ एक सक्रिय वितरकको भनाई छ, ‘स्टारको फिल्म आएकै छैन् । अब ‘कृ’ लाई नै कुर्नु पर्छ ।’ यो बिचमा प्रदर्शन हुने दयाहाङ राईको ‘मिस्टर झोले’ ले पनि दर्शकलाई हलमा तान्ने उनले आशा व्यक्त गरे । बिचमा प्रदर्शन हुने बाँकी फिल्म भगवान भरोसा रहेको फिल्मकर्मीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha