फिलिपिन्स उडे आर्यन, बिदाई गर्न पुगिन् श्रीमती सपना

होम प्रोडक्सनको फिल्म ‘कायरा’ छायाँकनको लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । सोमबार राती फिल्म युनिट सहित आर्यन फिलिपिन्स उडेका हुन् । श्रीमान र टिमलाई बिदाई गर्न श्रीमती सपना भण्डारी ईयरपोर्ट गएकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने साम्राज्ञी भने लण्डनबाट नेपाल फर्किएर यसै साता फिलिपिन्स उड्नेछिन् ।

लामो समयको तयारी पछि आर्यन ‘कायरा’ छायाँकनमा निस्किएका हुन् । आर्यनले यसअघि ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ निर्माता सुवास गिरीसँगको साझेदारीमा निर्माण गरेका थिए । लक्ष्मण रिजाल निर्देशक रहेको ‘कायरा’ मा आर्यन र साम्राज्ञी मुख्य जोडीको रुपमा प्रस्तुत हुनेछन् । ‘कायरा’ बाट साम्राज्ञीले पारिश्रमिक मात्रै दश लाख रुपैयाँ लिएकी छन् । एक महिना जसो कायरा टिम फिलिपिन्समा रहनेछन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha