संचिता लिएर निखिल जापान जाने

आउँदो माघ ४ (जनवरी १८) बाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ को जापान प्रदर्शन तय भएको छ । नेपाल रिलिजको दश दिनपछि जनवरी २८ तारिखमा जापानमा फिल्मको विशेष शो हुने भएको हो ।

जापानको शोमा निर्देशक नायक निखिल उप्रेती, निर्देशक हिमाल केसी उपस्थित हुनेछन् । शोमा निखिल पत्नी सञ्चिता लुईंटेल पनि उपस्थित हुनेछिन् । जनवरी २८ मा टोकियोमा हुने प्रदर्शनीपछि अन्य शहरमा पनि भिन्न भिन्न मितिमा फिल्मको स्कृनिङ हुने निर्देशक केसीले बताए । फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्मको जापान प्रदर्शनको अधिकार क्लासिक युथ जापानले लिएको हो । निखिल र सारासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

श्रीराम बरालको प्रस्तुती तथा रोहित पुरी र गोविन्द गैरेको निर्माणमा बनेको फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदिप दाहाल, कुशाग्र भट्टराइसँगै केहि दिन पहिले मात्रै दिवंगत भएकी विना थापाको मुख्य भुमिका छ । ‘पिंजडा ब्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका छन् । फिल्ममा राजनराज शिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । निखिलको अपोजिटमा नायिका सारा शिर्पाइली प्रस्तुत भएकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha