मृगौला पिडितको सहयोगार्थ हङकङमा ‘मिस्टर झोले’

यही शुक्रबार, पुष २८ देखि नेपालमा प्रदर्शन हुने फिल्म ‘मिस्टर झोले’ को आउँदो आईतबार (जनवरी १४ तारिख) मा हङकङमा विशेष शो हुने भएको छ । मृगौला पिडित दिलुमाया गुरुङको सहयोगार्थ हुने शोमा नेपालबाट कलाकार दयाहाङ राई, दीया पुन र निर्देशक रामबाबू गुरुङ उपस्थित हुनेछन् ।

‘गुर्खा सेमेटेरिज ट्रस्ट’को प्रस्तुतिमा देव, जीवन, अरुण र टोपराजले शो आयोजना गर्न लागेका हुन् । ‘अडीटोरियम युएन लंग’ थ्रीयटरमा बेलुका ८ बजे हुने शोको लागी पुरानो नाँचघर अगाडीबाट सशुल्क बसको पनि व्यवस्था गरिएको छ ।रामबाबू गुरुङ निर्देशित फिल्ममा दया र दीयाका सँगै कलाकारहरु बर्षा राउत, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । दयासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

रामबाबुकै कथा लेखन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटारसुजेन कार्कीको संगीत, शैलेन्द्र डी कार्कीको छायाँकन र विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha