आर्यन र प्रियंकाको जोडीले तान्ला दर्शक ?

यो शुक्रबार हलमा नयाँ जोडीको फिल्म प्रदर्शनमा आउँदैछ । नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीले पहिलो पटक स्क्रिन सेयर गरेको फिल्म ‘बटरफ्लाई’ दर्शकका लागि नयाँ फिल्म हो । यो नयाँ जोडीले दर्शकलाई हलमा कत्तिको आकर्षक गर्ला त ?


आफ्नो जोडीलाई दर्शकको साथ मिल्नेमा आर्यन र प्रियंका विश्वस्त छन् । ‘फिल्मको गीत र प्रोमोलाई मन पराउनु भएको छ । यसैले पनि दर्शक हलसम्म आउँनु हुन्छ भन्ने लाग्छ’, दुवै भन्छन्, ‘फिल्म पनि राम्रो बनेको छ ।’ फिल्मको कथा पाल्पामा रहेको रानी महलसँग जोडिएको छ । ओम गुरुङ प्रतिक निर्देशित फिल्ममा आर्यन र प्रियंकासँगै अभिनेता अर्पण थापाको पनि मुख्य भूमिका रहेको छ । आर्यन र प्रियंकासँग गरिएको रमाईलो कुराकानी हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha