सलमान र ज्याकलीन फेरी सँगै !

बलिउड अभिनेता सलमान खान र अभिनेत्री ज्याकलीन फर्नान्डिज फेरी एक फिल्ममा सँगै काम गर्ने भएका छन् । ‘किक’ मा पहिलो पटक संगै काम गरेको यो जोडीले फेरी रेमो डियूजाको नयाँ फिल्ममा काम गर्दैछन् । खबर अनुसार, सलमानले यो फिल्म साइन गरे ज्याकलीन पनि मुख्य भूमिकामा अनुवन्धित हुने लगभग पक्कापक्की भैसकेको छ । रेमो डिसूजाको नयाँ डान्स फिल्ममा सलमान पहिलो पटक एक डान्सरको भूमिकामा देखिनेछन् ।

‘किक’ मा सलमान र ज्याकलीनको जोडीलाई निकै रुचाइएको थियो । सलमान खान अहिले आफ्नो नयाँ फिल्म ‘ट्यूबलाइट’र ‘टाइगर जिन्दा हैं’ को काममा व्यस्त छन् । ‘ट्यूबलाइट’ ईदमा रिलिज हुँदैछ भने ‘टाइगर जिन्दा है’ को अहिले सुटिङ भैरहेको छ । अहिले चर्चा छ कि सलमान रेमोले ज्याकलीनसँग फिल्मको विषयमा कुराकानी गरिसकेका छन् र उनलाई पनि फिल्मको स्क्रिप्ट चित्त बुझेको छ। अहिले ज्याकलीन लन्डनमा आफ्नो नयाँ फिल्म ‘जुड़वा २’ को सुटिङमा व्यस्त छिन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha