दार्जिलिङमा घेरिए पल र आँचल

शुक्रबार दार्जिलिङमा त्यहाँको प्रहरीले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका नायक पल शाह र नायिका आँचल शर्मा आफ्ना फ्यानहरुबाट घेरिए । पल र आँचलको नाम लिएर चिच्याउने देखि सेल्फी खिच्न तँछाडमँछाड गर्नेसम्मका फ्यानहरु त्यहाँ उपस्थित थिए ।

 

पल र आँचलको भिडलाई नियन्त्रण गर्न त्यहाँको पचास बढि प्रहरी खटाइएको थियो । प्रहरीले नै पल र आँचललाई होटलसम्म पुर्याएका थिए । पल र आँचल बसेको होटलमा समेत केही शुभचिन्तकहरु पुगेका थिए । पल र आँचलसँगै निर्माता अजय मल्ल ठकुरी र म्युजिक भिडियो निर्देशक विकास सुवेदी पनि दार्जिलिङको कार्यक्रममा उपस्थित थिए ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha