चैत १६ मा ‘ह्याप्पी डेज’, अन्यौलमा ‘लिलिबिली’

माघ १२ गतेबाट सरेको फिल्म ‘ह्याप्पी डेज’ अब चैत १६ गते आउने भएको छ । निर्देशक मिलन चाम्सले यो फिल्मको नयाँ प्रदर्शन मितिबारे खुलाएका हुन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको छ । ‘ह्याप्पी डेज’ को प्रदर्शन मिति पक्का गरेपनि फिल्म ‘लिलिबिली’ बारे भने निर्देशक चाम्स अन्योलमा रहे ।


सोमबार गरिएको प्रेसमिटमा उनले ‘लिलिबिली’को को प्रदर्शन मिति तोक्न बाँकी रहेको बताए । ‘हामी छलफल गरि रहेका छौं’, निर्देशक चाम्सले भने । प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको फिल्मको सुरुमा नेपाली नयाँ वर्ष चैत ३० गते तोकिएको थियो । त्यसपछि बैशाख १४ मा सारिएको थियो । पछिल्लो मितिमा पनि फिल्म रिलिज गर्न निर्माण पक्ष तयार देखिएको छैन । ‘लिलिबिली’ प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha