‘लाल पुर्जा’को लागि विपिनले बढाए १० केजी वजन

अभिनेता विपिन कार्की प्रत्येक फिल्ममा भिन्न भिन्न भूमिकामा प्रस्तुत हुन्छन् । उनी आफ्नो भूमिकाको लागि हदै सम्मको मिहेनत गर्छन् । फिल्म ‘लाल पुर्जा’को लागि पनि अभिनेता कार्कीले ठुलो मिहेनत गरेका छन् । विपिनसँग गरिएको यो रमाईलो कुराकानी हेर्नुस् :

आउँदो माघ ४ गते प्रदर्शन हुने ‘लाल पुर्जा’ को लागि विपिनले आफ्नो वजन बढाएका छन् । किन त ? ‘अब दाई भनिरहेको मान्छे (सौगात मल्ल) लाई भाई भन्नु पर्ने रोल छ । दाई जस्तो देखिन पनि ‘लाल पुर्जा’ मा मोटाउनु पर्ने भयो’, बिपिनले खुलाए, ‘सुरुमा यो रोलको लागि दया दाई सोचिएको रहेछ । दया दाई जस्तै देखिन पनि मोटाउनु पर्ने भयो ।’ ६८ केजीका बिपिन लाल पुर्जा को लागि ७८ केजी पुगेका थिए ।

निगम श्रेष्ठ निर्देशित ‘लाल पुर्जा’मा सौगात भाई र विपिन दाईको भूमिकामा प्रस्तुत भएका छन् । विक्रम सिंह थारु र उमेश श्रेष्ठ निर्मित फिल्ममा सौगात र विपिनसँगै हरिहर शर्मा, मेनुका प्रधान, मिरुना मगर, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ । फिल्मको प्रोमो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha