कस्तो होला हलिउड फिल्मबाट प्रभावित ‘शेरबहादुर’ ?

माघ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’ हलिउड फिल्मबाट प्रभावित भएको खुलाइएको छ । मंगलबार आयोजना गरिएको प्रेसमिटमा निर्माण पक्षले यो रहस्या सार्वजनिक गरेको हो । ‘कुन हलिउड फिल्मबाट भन्ने कुरा चाहिं ‘शेरबहादुर’ हेरेपछि नै थाहा हुन्छ’, फिल्मको क्रियटिभ डिरेक्टर प्रदीप भट्टराईले भने ।

‘शेर बहादुर’ मा वरिष्ठ कलाकार सुनिल थापा शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । नजिकिएको प्रदर्शन मितिलाई लक्षित गर्दै मंगलबार फिल्मको प्रेसमिट गरिएको हो । जहाँ सुनिल थापा, कर्म, मेनुका प्रधान, रविन्द्र झा, क्रियटिभ डिरेक्टर भट्टराई, निर्माता गौरी शंकर धुजु, वितरक गोपाल कायस्थ लगायत उपस्थित थिए । फरक कथा वस्तुमा फिल्म बनेकाले दर्शकले रुचाउने टिमले विश्वास व्यक्त गरे । फिल्मको प्रोमो हेर्नुस् :

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha