ट्रेन्डिङ नम्वर एकमा ‘लिलिबिली’ को गीत

फिल्म ‘लिलिबिली’ को गीत युट्युव ट्रेन्डिङ नम्वरमा आएको छ । नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ स्टारर गीतको भिडियो दुई दिनमा सवा ६ लाख भ्युज कमाउँदै नेपाल ट्रेन्डिङमा पहिलो स्थानमा आएको हो । स्कटल्यान्डमा खिचिएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । भिडियो :

एलिश कार्कीको संगीत रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द छ । स्वर प्रदाप दास र मेलिना राईले दिएका छन् । छायाँकन सुदिप बरालले गरेका हुन् । मिलन चाम्स निर्देशित ‘लिलिबिली’ मा प्रदीप र जसितासँगै नायिका प्रियंका कार्की, अनुपविक्रम शाही र नायक सविन श्रेष्ठ अतिथि भूमिकामा प्रस्तुत भएका छन् । गोविन्द शाही र सुदिप खड्का निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने तय भैसकेको छैन । प्रेसमिटको भिडियो हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha