‘पिंजडा ब्याक अगेन’ प्रिमियर (फोटो तथा भिडियो)

निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’ को बुधबार प्रिमियर गरिएको छ । दरबामार्गस्थित राइजिङ मलमा गरिएको फिल्मको प्रिमियर शोमा निखिल सहित निर्देशक हिमाल केसी, नायिका सारा शिर्पाइली, वितरक गोपाल कायस्थ लगायत उपस्थित थिए । फिल्म मोफसलमा यही बिहिबार र राजधानीमा शुक्रबार रिलिज हुँदैछ । प्रिमियरको भिडियो हेर्नुस् :

प्रिमियरपछि नायिका संचिता लुईंटेलले पती निखिल उप्रेतीको पछिल्ला फिल्महरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिइन् । प्रिमियरमा सहभागीले विशेषतः निखिलको एक्सन र साराको अभिनयलाई रुचाएको पाइयो । द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतको अभिनय छ ।

श्रीराम बराल निर्मित ‘पिंजडा ब्याक अगेन’ मा रमेश सुवेदी र बाबुराज सह निर्माताको रुपमा रहेका छन् । यस्तै फिल्ममा बसन्त शर्मा र सुशान्त श्रेष्ठ कार्यकारी निर्माता तथा रोहित पुरी, गोविन्द गौरा र चन्द्र बहादुर खत्री निर्माताको रुपमा छन् । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायाँकन र निर्देशक केसीको द्धन्द्ध निर्देशन रहेको फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha